नौकुण्ड-४,रसुवा नेपालि कांग्रेस पार्टी नेपालकै पुरानो तथा दिगो पार्टी र ठुलो पार्टीको रुपमा चिनिने पार्टी हुन् | बिगत केहि समय अघि देखि क्रियासिल सदस्य बिबादमा रही वडा देखि सम्पूर्ण जिल्ला सम्म पनि अधिबेशन अड्किरहेका यस रसुवा जिल्लामा पनि मिति २०७८/०७/२२ गते क्रियासिल सदस्य टुंगो लागेर सार्बजानिक भएपश्चात मिति २०७८/०७/२७ गते वडा अधिबेशन सम्पन्न गर्नुपर्ने निर्देशन आएपछि २०७८/०७/२७ मा नै अधिबेशन सम्पन्न गर्न गराउन कठिनाइ भएपछी पुन: छलफल पछी एकदिन मिति सारी २०७८/०७/२८ गते अधिबेशन तय भयो |
नौकुण्ड गा.पा. वडा नं. ४ मा मिति २०७८/०७/२८ गते बसेका वडा अधिबेशनले सम्पूर्ण नेपालि कांग्रेस पार्टी कार्यकर्ता तथा पार्टी अग्रजहरुको निर्णय एकदम निस्पक्ष तथा पारदर्शिता देखिएको छ | उक्त अधिबेशनको लागि नेपालि कांग्रेस पार्टी नौकुण्ड गा.पा. सभापति तथा रसुवा जिल्ला तरुणदल अध्यक्ष श्री डिल बहादुर मुक्तानको बिशेष भूमिका रहेको छ |
यस अधिबेशनको कार्यविधि अनुसार २२ जनाको कार्यसमिति गठन प्रक्रियामा नौकुण्ड गा.पा. वडा नं. ४ निबासी जुझारु समाजसेवी युबा श्री ज्ञानी वाईबालाई वडा सभापति पदमा निर्बिरोध सर्बसम्मत चयन गर्नुभएको छ | नव निर्बाचित सभापति ज्ञानी वाईबा सहित २२ जनाको कार्यसमिति गठन निर्बिरोध नै चयन भएको व्यहोरा नेपालि कांग्रेस पार्टी नौकुण्ड गा.पा. सभापति तथा रसुवा जिल्ला तरुणदल अध्यक्ष साथै अधिबेशन कार्यक्रमको आकर्षण श्री डिल बहादुर मुक्तानले बताउनु भयो | मुक्तान भन्नुहुन्छ:-“अब सम्पूर्ण अधिबेशन निर्बिरोध नै भव्यताका साथ सम्पन्न गरि यस रसुवा जिल्ला नेपालि कांग्रेसको किल्ला बनाउछु |”
उक्त कार्यक्रममा नव निर्बाचित वडा सभापति ज्ञानी वाइबाले पनि निर्बाचनको बारेमा आफ्नो बक्तव्य राख्नुभएको थियो:- “अब नौकुण्ड-४ सहित रसुवा जिल्ला भरि नै आजको युवाको नेतृत्वमा गाउ समाज निर्माणको लागि नेपालि कांग्रेस नै खाँचो छ | अब वडा, पालिका, प्रदेश, जिल्ला र देश पनि नेपालि कांग्रेस पार्टीकै हातबाट बिकास निर्माण सम्भब छ र उक्त सम्भावना प्रगतिमा परिणत गरेर नै छाड्ने छौ |”
उक्त वडा अधिबेशन कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका नि-बर्तमान सभापति श्री मान सिङ थिङले पनि नबगठित कार्यसमितिलाई आफ्नो बिगतको अनुभव सहित सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो | थिङ भन्नु हुन्छ:-“नेपालि कांग्रेस पार्टी बृहत तथा कांग्रेसको किल्ला बनाउनको लागि अझै म आफु पदमा रहे नरहे पनि पार्टीको निम्ति हरपल तत्पर रहने छु साथै म नव कार्यसमितिको साथीहरुलाई मेरो अनुभव को आधारमा पार्टी संचालनको लागि हरेक पाइलामा सहज बाताबरण निर्माण गरिदिने प्रतिबद्दता दिन चाहन्छु |”
उक्त मिठासपन र सहयोगी पूर्ण वक्तव्यका साथ् थिङले कार्यक्रम वडा अधिबेशन समापन गरिदिनुभयो |